आफैले वितरण गरेको स्यानिटाजर कम्पनीको गुणस्तरमा प्रश्न उठेपछि पनौती नगरपालिकाले अहिले ती स्यानिटाजर प्रयोग नगर्न आग्रह गरेको छ । नगरपालिकाले सं क्रमित ब्यक्तिलाई ‘पर्सनल किट’ र ‘हाईजीन किट’ वितरण गर्दै आएको छ । यसरी वितरण गरिको किटमा राखिएको स्यानिटाजरको गुणस्तरमा प्रश्न उठेको हो ।
नगरपालिकाले यी किटमा पाथिभरा मेडिकल एण्ड सप्लायर्स काठमाडौँले उत्पादन गरेको स्यानिटाजर राख्दै आएको थियो । आज बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले एक सूचना मार्फत उक्त कम्पनीको स्यानिटाजर तत्काल प्रगोग बन्द गर्न र सुरक्षित ठाउँमा ब्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।
कतिपयले गुणस्तरहीन स्यानिटाजर खरिदमा आर्थिक चलखेल गरेको समेत आशंका गरेपछि नगरपालिकाले कुनै प्रकारको आर्थिक हिनामिना नभए स्पष्ट पारेको छ । ‘यो प्रचलित मुल्य अनुसार खरिद गरेर वितरण गराएको हो, यसमा कुनै प्रकारको आर्थिक हिनामिना भएको छैन, बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।’
नगरपालिकाले १ सय एमएलको स्यानिटाजर प्रति बोतल १ सय रूपैयाँका दरले ५ सय बोतल खरिद गरेको जनाएको छ । सं क्रमित नागरिकलाई असल नियतका साथ वितरण गरिएको किटमा गुणस्तरहिन स्यानिटाजर पर्न गएकोमा आफुहरूको गम्भीर ध्यान गएको वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।
नगरपालिकाले त्यसमा आफुहरूको कुनै गलत मनसाय नरहेको समेत दावी गरेको छ । ‘सुरूमा प्रयोग गर्ने बेला नै नगरपालिकाले स्यानिटाजरको गुणस्तर परीक्षण गराउने कुरा सम्भव भएन, तरपनि बेलैमा गुणस्तरहिन भएको प्रमाणित भयो, अहि उक्त स्यानिटाजरका सप्लायर्स नियन्त्रणमा छन्, वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।’
Facebook Comments