काभ्रेमा पहिलो पटक एकैदिन ४९९ जना कोरोना सं क्रमित निको भएका छन् । कोरोना भाईरसको दोस्रो लहर फैलिए यताकै धेरै हो आज निको भएका हुन् ।
आज ३३१ जना नयाँ सं क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । वितेको २४ घण्टामा काभ्रेका ३ सहित ५ जनाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा नमोबुद्ध नगरपालिकाका ७० बर्षीय महिला, धुलिखेल नगरपालिकाका ४७ बर्षीय पुरूष, पनौती नगरपालिकाका ६४ बर्षीय पुरूष छन् । त्यसैगरि भक्तपुरका ८१ बर्षीय महिला र ७२ बर्षीय पुरूषको मृ त्यु भएको छ । उनी ५ जनाकै उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ त्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
आज थपिएका सं क्रमितमा सबैभन्दा बढी पाँचखाल नगरपालिका ८६ जना महिला र ८५ जना पुरुष रहेका छन् । त्यसैगरि बनेपा नगरपालिकाका ३६ जना पुरुष, २४ जना महिला, धुलिखेल नगरपालिकाका १० जना पुरुष, ७ जना महिला, पनौती नगरपालिकाका १६ जना पुरुष, ८ जना महिला, बेथानचोक गाउँपालिकाका २० जना पुरुष, १५ जना महिला, मण्डनदेउपुर नगरपालिकाका ७ जना पुरुष, ५ जना महिला, भुम्लु गाउँपालिकाका ४ जना महिला, ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना महिला, १ जना पुरुष र तेमाल गाउँपालिकाका २ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।
आज थपिएका सं क्रमितसँगै जिल्लामा सक्रिय सं क्रमितको संख्या २६ सय ४० पुगेको छ । जसमा १४३ जना अस्पतालको आईसोलेसनमा र २४ सय ९७ जना होम आईसोलेसनमा छन् ।
Facebook Comments