काभ्रेमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज १५ जनामा मात्रै संक्रमण पुष्टी गरेको छ ।
८५ जना निको भएका छन् । आज थपिएनेमा नमोबुद्ध नगरपालिकाका ७ जना पुरुष र ५ जना महिला र रोशी गाउँपालिकाका ३ जना महिला छन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ सय ७७ पुगेको छ । जसमध्ये १३७ जना अस्पतालको आईसोलेसनमा र २४ सय ४० जना होम आईसोलेसनमा छन् ।
गएको २४ घण्टामा काभ्रेका ४ र रामेछापका १ जना गरी ५ जना पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपाका ६८ बर्षीय र मण्डनदेउपुरका ५१ बर्षीय पुरूषको शिर मेमोरियल अस्पताल बनेपा मृत्यु भएको छ ।
रोशी गाउँपालिकाका ४९ बर्षीय पुरूष भकुण्डे आईसोलेसन र बेथानचोक गाउँपालिकाका ५२ बर्षीय पुरूषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । त्यस्तै धुलिखेल अस्पतालमै रामेछापका ७८ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
Facebook Comments