सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं एमाले केन्द्रीय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ३३ लाख रूपैयाँ विनियोजन गर्नु भएको छ । सांसद तामाङले आफ्नो पूर्व निर्धारित योजना नै संशोधन गरेर जिल्लाको लागि आवश्यक अक्सिजन प्लान्ट स्थापना पर्न रकम छुट्याउनु भएको हो ।
मेलम्ची नगरपालिका पूर्वाधार बिशेष कार्यक्रम शिर्षकमा नियोजन गर्नु भएको ४३ लाख २० हजार मध्ये सम्झौता हुन बाँकी रहेको ३३ लाख २० हजार रूपियाँ अक्सिजन प्लान्ट स्थापना गर्न रकमान्तर गर्नु भएको हो । ‘अहिले तत्कालको आवश्यकता जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नु हो, त्यहि आवश्यकतालाई मध्यनजर राखेर मेरो तर्फबाट यति रकम तत्काल सहयोग गरेको हुँ, अन्य सहयोग जारी रहनेछ, सांसद लामाले भन्नुभयो ।’
पूर्व मन्त्री समेत रहनुभएका तामाङ उहाँकै पहलमा गएको बैशाख २५ गतेको निर्णय अनुसार जिल्ला अस्पताल चौताराको लागि अक्सिजन प्लान्ट राख्ने निर्णय भए बमोजिम अर्थ मन्त्रालयले बजेट पनि गरिसकेको छ ।
Facebook Comments