नेपाली काँग्रेसका युवा नेता महेन्द्र लामाले लिसंखु पाखर गाउँपालिकामा स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिनुभएको छ । नेता लामाले आज पालिकाका विभिन्न वडाहरूमा स्वास्थ्य सामग्री वितरण गर्नु भएको हो ।
नेता लामाले पालिकाको वडा नम्बर ७ मा १२ सय सयवटा मेडिकल मास्क र ७ सय वटा हात धुने साबुन सर्वसाधारणका लागि दिनु भएको हो । त्यस्तै वडा नम्बर ५ मा ७ सयवटा मेडिकल मास्क र १२० घरधुरीलाई हात धुने साबुन वितरण गर्नुभएको हो ।नेता लामाले वडा नम्बर ४ अत्तरपुरका सबै घरलाई पुग्नेगरी मेडिकल मास्क दिनुभएको छ । वडा नम्बर १ ठूलोधादिङमा १५ सय वटा मेडिकल मास्क वितरण गर्नुभएको हो । वडा नम्बर २ मा ५ सय वटा मेडिकल मास्क र १ सय वटा N-95 मास्क वटा र दुई जर्किन स्यानिटाजर कोरोना संक्रमितको लागि वितरण गर्नुभएको छ ।
त्यस्तै पालिका विभिन्न दलित बस्तीमा २ हजार नाघ्यो मेडिकल मास्क साबुन र ६ सय वटा N-95 मास्क वितरण गरेको लामाले जानकारी दिनुभयो । यी सामग्रीहरू पूर्व मन्त्री मोहन बहादुर बस्नेत मार्फत प्राप्त भएको हो ।यसअघि पनि नेता लामा लिसंखु पाखर गाउँपालिका सबै स्वास्थ्य चौकी र प्रहरी चौकीलाई मास्क, स्यानिटाजर, ग्लोब्प्स जस्ता स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । नेता लामाले आवश्यकता अनुसार फेरी पनि लिसंखु पाखर गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरिने बताउनुभयो ।
Facebook Comments