लिसंखु पाखर गाउँपापालिकाले कोरोना संक्रमितको लागि अहिलेसम्मकै महत्वपूर्ण निर्णय गरेको छ । उपाध्यक्ष एवं गाउँपालिका स्तरिय (सीसीएमसी) का संयोजक हेमगङ्गा मोक्तानको संयोजकत्वमा आज बसेको बैठकबाट कोरोना संक्रमितको पक्षमा बिभिन्न ५ बुँदे निर्णय गरेको छ ।
बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई काज किरिया खर्च बापत १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । होम आईसोलेसनमा बसेका कोरोना बसेकाहरुलाइ प्रतिव्यक्ति ३ हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको उपाध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
बैठकले वडा नम्बर १ देखि ४ सम्मका कोरोना संक्रमणका बिरामीलाई एम्बुलेन्स भाडा ३ हजार ५ सय र वडा नम्बर ५ देखि ७ का कोरोना बिरामीका लागि २ हजार ५ सय उपलब्ध गराउने, कोरोना संक्रमितलाई नि शुल्क अक्सिजन र नेपाल सरकारबाट उपलब्ध औषधीको ब्यबस्था गर्ने र गाउँपालिका भित्रका कुनै कोरोना संक्रमितलाई काठमाडौ लैजानु परेमा डाक्टरको रिपोर्ट अनुसार १० हजार रूपियाँ औषधी खर्च दिईने निर्णय गरेको छ ।
लिसंखु पाखर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु बस्नेतका अनुसार आज साँझसम्म पालिकामा १९ जना संक्रमित छन् । एक जनाको मृत्यु भएको छ । सबैभन्दा बढी वडा नम्बर २ मा १५ जना संक्रमित छन् भने वडा नम्बर ५ मा ३ जना र वडा नम्बर १ मा १ जना संक्रमित छन् ।
Facebook Comments