काभ्रेमा एकैदिन १८८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन यति धेरैले कोरोना भाईरस जितेका हुन् । १३७ जना थपिएका छन् ।
आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ७० पुरूषको धुलिखेल अस्पतालमा, ७६ बर्षीय पुरुषको शिर मेमोरियल अस्पताल बनेपा र धादिङका ४८ महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आज थपिएका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका ४४ जना पुरुष र २७ जना महिला छन् । त्यसैगरि बनेपा नगरपालिकाका २३ जना महिला र २० जना पुरुष, पनौती नगरपालिकाका ७ जना पुरुष र ४ जना महिला, रोशी गाउँपालिकाका ३ जना पुरुष, तेमाल, चौरीदेराली, बेथानचोक र खानीखोला गाउँपालिकाका १/१ जना पुरुष संक्रमित भएका छन् ।
त्यसैगरि मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष र १ जना महिला र महाभारत गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १९ सय ३७ पुगेको छ । जसमा १०८ जना अस्पतालको आईसोलेसनमा र १८ सय ३२ जना होम आईसोलेसनमा छन् ।
Facebook Comments