काभ्रेको अति दुर्गम खानीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरू घरघरै पुगेर स्वास्थ्य सामग्री वितरण गरेका हुन् । स्थानीय युवाहरू चन्द्र स्याङतान, सानुबाबु गोले र जीवन स्याङतानले वडाको बिभिन्न टोल बस्तीमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
युवाहरूले वडाको धाप्ले, सौरेडाँडा, सानोधाप्ले लगायत ठाउँका २९ घरधुरीमा पुगेर स्वास्थ्य सामग्री तथा औषधी वितरण गरेका हुन् । युवाहरूले १२ सय ५० थान मास्क, १५ थान स्यानिटाजर, पञ्जा ४० जाेर, ४ वटा थर्ममिटर, फेससिल ३ वटा वितरण गरिएको चन्द्र स्याङतानले जानकारी दिनुभयो ।
त्यस्तै ५५ प्याकेट जीवनजल, सिटामोल ६० प्याकेट, रुघाखोकीको औषधी ५० प्याकेट, पखालाको औषधि ४० प्याकेट गरेका हुन् । युवाहरूले कोरोना संक्रमणबाट जोगिन भिडभाड नजान, जानै परे मास्क लगाउन, टाढै बस्न सुझाव समेत दिएका थिए । त्यसैगरि स्वास्थ्यमा कुनै समस्या आए नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मीलाई खबर गर्न पनि सम्झाएको सानुबावु गोलेले बताउनुभयो ।
खानिखोला गाउँपालिकाको वडा नम्बर ७ मा अहिले जनामा कोरोना संक्रमित छन् । पालिका आफुहरूको स्वास्थ्यका बारे कुनै चासो नदिएको संक्रमितहरूले गुनासो गरेका छन् ।
Facebook Comments