धुलिखेल २ जेठ : काभ्रेमा एकैदिन १९७ जना कोरोना संक्रमित थपिए छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन १९७ जना संक्रमित थपिए हुन् ।
जिल्लामा आज ५३ जनाले कोरोना जितेका छन् । निको हुनेहरुमा होम आईसोलेसन र अस्पतालमा भर्ना भएका संक्रमित छन् । आज धुलिखेल अस्पतालमा उपचार गराईरहेका काभ्रेका दुई सहित ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे बनेपाका ८३ बर्षीय पुरूष र मण्डनदेउपुर नगरपालिकाका ६६ बर्षीय पुरूष छन् । त्यसैगरि धनकुटाका ५२ बर्षीय पुरूष र सर्लाहीकी ५५ बर्षीय एक महिलाको उपचारकै क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
आज थपिएका संक्रमितमा सबैभन्दा बढी पनौती नगरपालिकाका ७६ जना पुरुष र ६१ जना महिला रहेका छन् । धुलिखेल नगरपालिकाका १३ जना पुरुष र ११ जना महिला, बनेपा नगरपालिकाका महिला र पुरुष ९/९ जना, पाँचखाल नगरपालिकाका ५ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाका ३/३ जना पुरुष, भुम्लु गाउँपालिकाका १ जना पुरुष, रोशी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला र चौरीदेराली गाउँपालिकाका २ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १९ सय ५४ पुगेको छ । जसमा ९९ जना अस्पतालको आईसोलेसनमा र १८ सय ५५ जना होम आईसोलेसनमा छन् ।
भेरोसेल खोपको दोस्रो डोज लगाउने आज पहिलो दिन काभ्रेका ८३९ जनाले खोप लगाएका छन् । ३६८ जना महिला र ४७१ जना पुरुषले खोप लगाएका हुन् । जिल्लाको ११ वटा स्थानीय तहका लागि ७ ठाउँमा खोप केन्द्र तोकिएको छ ।
Facebook Comments