धुलिखेल २ जेठ: सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले अक्सिजन ब्यवस्थापनको कामलाई तीव्रता दिएको छ । अक्सिजनकै अभावमा कुनै पनि नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हेतुले अक्सिजनको ब्यवस्थापनमा लागिपरेको नगरपालिकाले जनाएको छ ।
बाह्रबिसे नगरपालिकाले सञ्चालन गरेको आईसाेलेसन सेन्टरमा तत्काललाई २४ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको हो । यी अक्सिजन नगरपालिकामा पुर्याउन नगर प्रमुख निम फुन्जाे शेर्पाको अनुरोधमा बागमती प्रदेशका उद्याेग, वन, वातावरण तथा पर्यटन मन्त्री सरेश नेपालले विशेष समन्वय गरेको बुझिएको छ ।
योसँगै बाह्रबिसे नगरपालिकाको आईसाेलेसन सेन्टरमा ३५ सेट अक्सिजन सहितको सिलिन्डर तयारी अवस्थामा रहेकाे छ । नगरपालिकाका अनुसार आजै थप ४२ थान अक्सिजन सिलिण्डर भर्न पठाएकाे छ । भरि सिलिण्डर भाेलीसम्ममा नगरपालिका पुग्नेछ । यो सहि लगभग ८० थान अक्सिजन सिलिन्डर नगरपालिकाको आईसोलेसनमा हुनेछ ।
बाह्रबिसे नगरपालिकाले ५ थान अक्सिजन कन्सर्नट्रेटरकाे पनि छिट्टै व्यवस्थापन गरिने नगर प्रमुख शेर्पाले बताउनुभयो । बाह्रबिसे नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट नेपालमै पहिलो मृत्यु भएको थियो ।
Facebook Comments