कुन्ताबेसी १ जेठ: मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाईबा कोरोना भाईरसको दोस्रो लहरपछि नगरबासीले खेपिरहेको समस्या बुझ्न घरदैलोमै पुग्न थाल्नु भएको छ । मेयर वाईबाले आजदेखि नगरबासीको घरदैलोमा पुग्ने कार्यक्रम सुरु गर्नुभएको हो ।कोरोना भाईरसबाट जोगिने उपायका सुचना र जानकारी सहितको अडियो बजाउँदै वडाध्यक्षहरू डिल्ली आचार्य र माधव न्यौपानेलाई साथैमा लिएर मेयर वाईबा गाउँबस्ती पुग्न थाल्नु भएको हो । मेयरको टोलीले मास्क नलगाई हिड्नेलाई मास्क वितरण गर्ने र घरमै बस्न सुझाव दिने गरेको छ ।’ कोरोना भाईरसले मेरो नगरपालिका पनि प्रभावित छ, यस्तो बेला नागरिकलाई धेरै समस्या परेको हुनसक्छ, गाउँगाउँ पुग्दा संकटको बेला नगरपालिका हाम्रै साथमा रहेछ भन्ने आत्मविश्वास नगरबासीमा पर्दो रहेछ, मेयर वाईबाले भन्नुभयो ।’मेयर वाईबाको टोलीले आज वडा १० र १२ पुरै, वडा नम्बर ७,९ र ११ का केहि भागमा पुगेर नगरबासीको समस्या बुझ्ने र कोरोना भाईरसबाट जोगिन अपनाउनु उपाय बताएको छ । भोली सिपाघाट बजारबाट घरदैलो अभियान सुरू गरिने मेयर वाईबाले जानकारी दिनुभयो । चुरीथुम्का, कात्तिके हुँदै नगरकोट पुगेर देउपुर क्षेत्र भोली घुम्ने कार्यक्रम रहेको छ ।
पर्सीको दिन बाँकी रहेका वडा र गाउँहरुमा पुग्ने मेयर वाईबाले बताउनुभयो । ‘म जाहाँ जाहाँ पुग्छु भेटे जति नगरबासीको समस्या सुन्ने र आवश्यक अनुसार जनप्रतिनिधिलाई समधानका लागि भन्ने गरेको छु, हामी पनि गाडीमा जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेरै हिडेका छौँ, नगरबासीलाई पनि घरमा बसेर, भिडभाड हुने कुन पनि कार्यक्रम नगर्न र गरेका ठाउँमा नजान भन्दै हिँडेको छु, कतै जानै परे नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउन सम्झाउने गरेको छु, मेयर वाईबाले भन्नुभयो ।’
Facebook Comments