काठमाडौं १ जेठ : बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दलालले सिन्धुपाल्चोक जिल्लामा अरूले गरेको कामको जस लिन खोजेर आफ्नो असली हैसियत देखाउन थाल्नु भएको छ । आफु मन्त्री हुँदा मन्त्रालय मातहतको स्वास्थ्य सुधारमा खास चासो नदिएका दुलाल अहिले पदमुक्त भएपछि भने गर्दै नगरेको कामको जस लिन खोजेर चर्चामा आउनु भएको छ ।
हुन त पूर्व मन्त्री दुलालको पालामा सिन्धुपाल्चोकबाटै
एमालेका अरूण नेपाल पनि मन्त्री हुनुहुन्थ्यो । तर मन्त्री नेपालको मन्त्रालय अन्तर्गत स्वास्थ्य क्षेत्र पर्दैनथ्यो । जे होस एउटै जिल्लाबाट दुई दुई जना मन्त्री हुँदा पहल गरेको भए जिल्लाका स्वास्थ्य संस्थाको गुणस्तर सुधार्न निकै मलजल पुग्थ्यो ।
तर अहिले बागमती सरकारसँग समन्वय गरेर मन्त्री सरेश नेपालले सदरमुकामको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण गर्ने मेसिन राख्न थालेपछि पूर्व मन्त्री दुलाल आफैले ल्याएर राख्न लागे झै प्रचारबाजीमा उत्रिनु भएको छ । जसले केहिलाई भ्रममा समेत पारेको छ । दुलाल मन्त्री हुँदा पनि पहिलो चरणको कोरोना संक्रमणबाट सिन्धुपाल्चोक जिल्ला प्रभावित बनेको थियो । दुलाल आफैले आफ्नो जिल्लामा त्यो बेला पीसीआर मेसिन नराखि काभ्रेको धुलिखेलमा राखेर उद्घघाटन गर्नुभयो । जहाँ धुलिखेल अस्पतालको पनि पीसीआर मेसिन थियो । त्यो बेला आफ्नो जिल्लामा राखौ नभन्ने अनि अहिले जस लिन खोज्नु कतिको न्यायोचित होला ?आफु मन्त्री हुँदा जनताले महशुस गर्ने खालको विकास गर्न नसकेका दुलाल पद गुमेको ६ महिना बित्न लाग्दा अझैपनि मन्त्री नै छु भने झै गरि अरूले गरेको कामको जस लिन मरिहत्ते गरेर लागि पर्नुभएको छ । पूर्व मन्त्री दुलालसँग अहिले जस लिने हैसियत हुन्थ्यो, जति बेला क्याबिनेटमा हुँदा उहाँले प्रस्ताव गरेको योजना अहिले कार्यान्वयनमा आएको भए । तर उहाँले पद छाडेपछि बागमती प्रदेशका जिल्लाहरूमा पीसीआर मेसिन जडान गर्ने र सम्भव भएसम्म अक्सिजन प्लान्ट राख्ने निर्णय भएको मुख्य मन्त्री डोरमणी पौडेलको सचिवालयले जनाएको छ ।
पूर्व मन्त्री दलालले आफु मन्त्री छँदा नेपालकै पहिलो कोरोना संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरपालिकाको राम्चेमा प्रदेश तहका चिकित्सक तथा स्वास्थ्यकर्मी लगेर स्वाब संकलन गरी धुलिखेल ल्याएर परीक्षण गर्न चाहिँ सहयोग गर्नुभयो । तर पीसीआर मेसिन आफ्नै जिल्लामा राख्नु पर्छ भनेर अहिले जस लिन खोजेर जसरी पहल भने गरेको पाईदैन । यो महामारीका बेला अनावश्यक प्रचारबाजीमा लाग्नुभन्दा पनि पूर्व मन्त्री भईसकेका ब्यक्तिहरू यथार्थ कुरा जनता भन्दा अझ बढी सान्दर्भिक पो हुन्छ की ?
Facebook Comments