धुलिखेल १ जेठ : नेकपा एमाले काभ्रेले यहि जेठ ६ गते हुने राष्ट्रिय सभाको उप निर्वाचनमा राम बहादुर थापाको पक्षमा मतदान गर्न आग्रह गरेको छ । पार्टी अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले आज जिल्लाबाट मतदानमा सहभागी हुने जनप्रतिनिधिहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘राष्ट्रिय सभामा आसन्न निर्वाचनमा मतदान गर्ने नेकपा (एमाले) काभ्रेबाट निर्वाचित जनप्रतिनिधिहरु क. राम बहादुर थापालाई सुर्य चिन्हमा मतदान गर्न प्रदेश सभाका सदस्य र नगर प्रमुख, उप-प्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई अनुरोध गरिन्छ ।’
अध्यक्ष श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दैछन् आफ्नो पार्टीको आधारित उम्मेदवार राम बहादुर थापा भएकाले पार्टी केन्द्रको निर्देशन उलङ्घन नगर्न आग्रह गर्नुभएको भयो । ‘एमालेको आधिकारिक उम्मेदवार राम बहादुर थापा बाहेक अन्य कोहि छैन, अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा भन्नु भएको छ, कथित प्रचारबाजीको भरमा नपर्न सबै मतदाता आग्रह गर्दछु ।’
जिल्लामा १३ स्थानीय तहमध्ये पनौती नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र खानीखोला गाउँपालिका एमालेले जितेको हुन् । यसमा मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाईबा, भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ र नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ माधव नेपाल समूहको प्रतिनिधित्व गर्छन् ।
काभ्रेमा एमालेका ३ जना प्रदेश सासंद छन् । जसमा माधव समूहमा लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई छन् भने चन्द्र लामा ओली समूहका हुन् ।
पाँचखाल नगरपालिका, तेमाल, रोशी र बेथानचोक गाउँपालिका नेपाली काँग्रेसले जितेको हो । चौरीदेराली गाउँपालिका र महाभारत गाउँपालिका माओवादी केन्द्रले जितेको पालिका हो ।
Facebook Comments