धुलिखेल ३१ बैशाख: पाँचखाल नगरपालिकाको ९ नम्बर वडा कार्यालयले किसान ट्याक्टर वितरण गरेको छ । किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानी खरिद गरिएको ट्याक्टर आज वितरण गरिएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।आज २५ थान ट्याक्टर वितरण गरिएको छ । यो वडा नम्बर ९ मा चौथो चरणमा वितरण गरिएको हो । कृषिमा यान्त्रिककरण गरि कम लगानीमा बढी आम्दानी लिन सकियोस् भनेर वडाले ‘एक घर, एक ट्याक्टर’ अभियान चलाईरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अहिलेसम्म वडाका ८१ वटा समुहले ट्याक्टर पाईसकेका छन् । वडाका ४१० घरपरिवार लाभान्वित भएका छन् ।
Facebook Comments