धुलिखेल ३० बैशाख: काभ्रेमा आज एकैदिन ५६ जनाले कोरोना जितेका छन् । आज १५६ जना नयाँ संक्रमित थपिएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो भयो ।
धुलिखेल नगरपालिकाका ५० बर्षीय कोरोना संक्रमित पुरूषको घरमै र रामेछापका ४७ बर्षीय पुरूषको उपचार क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको छ ।
आज थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका २४ जना पुरुष र २३ जना महिला रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिकाका २१ जना महिला र १९ जना पुरुष, पनौती नगरपालिकाका ७ जना महिला र ६ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाका १३ जना पुरुष र २ जना महिला रहेका छन् ।
महाभारत गाउँपालिकाका ८ जना पुरुष र ५ जना महिला, खानीखोला गाउँपालिका र नमोबुद्ध नगरपालिकाका महिला र पुरुष ३/३ जना, पाँचखाल नगरपालिकाका ७ जना पुरुष र १ जना महिला, चौरीदेराली गाउँपालिकाका ४ जना पुरुष, भुम्लु गाउँपालिकाका १ जना महिला, रोशी गाउँपालिकाका महिला र पुरुष १/१ जना र तेमाल गाउँपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै काभ्रे जिल्लामा सक्रिय संक्रमितको संख्या १६ सय १६ सय १८ पुगेको छ । जसमध्ये ६० जना अस्पतालको आईसोलेसनमा र १५ सय ५८ जना होम आईसोलेसनमा छन् ।
Facebook Comments