Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका १३ वटै पालिकामा आईसोलेसन (कुन पालिकामा कति संख्या ?)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

धुलिखेल, ३० बैशाख: काभ्रेका १३ वटै पालिकाले कोरोना संक्रमित राख्न आईसोलेसन बनाएका छन् । जिल्लामा सबैभन्दा बढी धुलिखेल र बनेपा नगरपालिकाले ५०/५० बेड क्षमताको अक्सिजन सहितको आईसोलेसन सञ्चालनमा ल्याएका छन् । धुलिखेल नगरपालिकाले सञ्जीवनी माध्यामिक विद्यालयमा आईसोलेसन सञ्चालनमा ल्याएको छ । जहाँ संक्रमित बस्न समेत सुरू गरिसकेका छन् ।

बनेपा नगरपालिकाले ५० बेड क्षमताको आईसोलेसन सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिनुभयो । बनेपा नगरपालिकाले आईसोलेसन पोलिटेक्निकको भवनमा सञ्चालन गरिरहेको छ । ५० बेड क्षमताको क्वारेन्टाइन पनि तयारी अवस्थामा राखिएको छ ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा भकुण्डेमा ४० बेड क्षमताको आईसोलेसन सञ्चालन गरेका छन् । जुन आईसोलेसनको ब्यवस्थापकिय खर्च दुबै पालिकाले बराबर बेहोर्ने छन् । यो जनक माविमा राखिएको छ ।

त्यस्तै पाँचखाल नगरपालिकाले १५ बेड क्षमताको आईसोलेसन सुरू गरेको छ । भुम्लु गाउँपालिकाले पाँचखाल नगरपालिकासँग आईसोलेसन सञ्चालन गर्न समन्वय गर्ने सहमति गरेपछि ५० बेड क्षमताको आईसोलेसन बन्ने छ । यो आईसोलेसनको पनि ब्यवस्थापकीय खर्च दुबै पालिकाले बराबर बेहोर्ने छन् । समाज कल्याण प्रावि र नगरपालिकाको सभाहलमा आईसोलेसन स्थापना हुनेछ ।

मण्डनदेउपुर नगरपालिकाले पनि छुट्टै आईसोलेसन सञ्चालनमा ल्याएको छ । नगरपालिकाले महादेव प्राथमिक विद्यालयमा १५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरिरहेको छ । नगरपालिकाले डेडिथुम्का क्याम्पसको छात्रबासमा स्बाव संकलन गर्दै आएको छ । यहि छात्रबास भवनमा थप २५ बेड क्षमताको आईसोलेसन सञ्चालन गर्ने गरि काम अघि बढाईएको नगरपालिकाका कोभिड फोकल पर्सन दिपक घिमिरेले जानकारी दिनुभयो ।

चौरीदेराली गाउँपालिकाले १८ बेडको आईसोलेसन सञ्चालन गर्दैछ । जसमा धुसेनी शिवालय अस्पतालमा १० बेडको आईसोलेसन सञ्चालनमा आईसकेको छ । अक्सिजनको ब्यवस्था पनि गरिएको छ । डिसिडब्युसी सामुदायिक अस्पतालमा ५ बेड र धुलिखेल अस्पतालको शाखा सलम्बु स्वास्थ्य केन्द्रमा ३ बेड क्षमताको आईसोलेसन सञ्चालन गर्ने तयार भईरहेको गाउँपालिकाका सहायक स्वास्थ्य संयोजक राजु चौलागाईंले जानकारी दिनुभयो ।

पनौती नगरपालिकाले ४ नम्बरमा नवनिर्मित भवनमा २५ बेड क्षमताको आईसोलेसन सञ्चालनमा ल्याएको छ । आवश्यकता हेरिकन अन्य ठाउँमा पनि आईसोलेसन बनाउने तयारी भईरहेको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाले बताउनुभयो । अक्सिजनको ब्यवस्था छ ।

बेथानचोक गाउँपालिकाले १० बेड क्षमताको आईसोलेसन तयार पारेको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । आईसोलेसन बेड २५ वटासम्म पुर्याउने तयारी भईरहेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रे मार्फत प्राप्त ५ वटा सिलिण्डर अक्सिजन आईसोलेसनमा राखिने छ ।

तेमाल गाउँपालिकाले १० बेडको आईसोलेसन सञ्चालनमा ल्याएको छ । पालिकाको नयाँ भवनमा आईसोलेसन सञ्चालनमा ल्याईएको हो । पालिकामा सानो ठूलो गरी ८ वटा अक्सिजन सिलिण्डर छन् । जसमध्ये ५ वटामा अक्सिजन रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो ।

काभ्रेको अति विकट क्षेत्रमा रहेको खानीखोला गाउँपालिकाले तालढुंगा स्वास्थ्य चौकीमा ५ बेड क्षमताको आईसोलेसन तयार गरेको छ । ४० बेड क्षमताको क्वारेन्टाइन पनि तयारी अवस्थामा रहेको पालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिनुभयो । पालिकामा ५ वटा अक्सिजन छन् ।

महाभारत गाउँपालिकाले वडा नम्बर ८ घर्तीछाप स्वास्थ्य चौकीमा १५ बेड क्षमताको आईसोलेसन तयार गरेको प्रवक्ता रविन मोक्तानले जानकारी दिनुभयो । आईसोलेसनमा अक्सिजन लैजाने तयारी भईरहेको छ । खानीखोला र महाभारत गाउँपालिकामा कोरोना संक्रमितको संख्या ज्यादै न्यून छ ।

कोरोना भाईरसको दोस्रो लहरबाट जिल्लाको बनेपा, पनौती र धुलिखेल नगरपालिका सबैभन्दा बढी प्रभावित छन् । जिल्लाका सबै स्थानीय तहले स्वास्थ्यकर्मीलाई बिदा बस्न दिएका छैन् ।

Post Views: 617

Spread the love
    

Facebook Comments

Next Post
माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

तेमालमा वितरण भईरहेको सामाजिक सुरक्षा भत्ताको चिन्ता की विरोध ?

तेमालमा वितरण भईरहेको सामाजिक सुरक्षा भत्ताको चिन्ता की विरोध ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!