धुलिखेल २९ बैशाख: फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रे शाखाका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठले नर्स दिवसको अवसरमा धुलिखेल अस्पतालका नर्सहरूलाई फूलको बुकी प्रदान गर्नुभएको छ । कोरोना भाईरसका बिरामीको उपचारमा दिनरात नभनी ड्यूटीमा खटिएका नर्सहरूलाई अध्यक्ष श्रेष्ठले फूलको बुकी प्रदान गर्नुभएको हो ।होरिजन नर्सरीका सञ्चालक श्रेष्ठ धुलिखेल अस्पतालमा कार्यरत १५० जना नर्सलाई फूल प्रदान गर्नुभएको थियो । ‘कोरोना संक्रमितको उपचारमा दिनरात नभनी ड्यूटीमा खटिएरहनु भएका नर्सहरूलाई सम्मान स्वरूप फूलको बुकी प्रदान गरेको हुँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘यो महामारीमा पहिलो घेरामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीको योगदानलाई हामी कहिल्यै भुल्नु हुँदैन ।’
लिमोनियम र गुलाफका फूल बुकी बनाएर दिँदा एकैछिन भएपनि नर्सहरूले कोभिडका बिरामीको हेरचाह गर्दाको दुःख भुल्ने प्रयास गरेका थिए ।
Facebook Comments