No Result
View All Result
धुलिखेल २९ बैशाख: काभ्रेमा आज १४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज २६ जना निको भएका छन् ।
धुलिखेल अस्पतालमा उपचार गराईरहेका मध्ये थप चार जनाको मृत्यु भएको छ । चारमध्ये ललितपुरका ५२ महिला र काठमाडौँका ६० बर्षीय पुरूषको आज मृत्यु भएको हो । धनगढीका ८० बर्षीय पुरूष र भक्तपुरका ५४ बर्षीय पुरुषको हिजो अबेर मृत्यु भएको हो ।
आज थपिएका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका २३ जना पुरुष र १७ जना महिला, बनेपा नगरपालिकाका २२ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यसैगरि पनौती नगरपालिकाका १७ जना महिला र १४ जना पुरुष, पाँचखाल नगरपालिकाका ११ जना महिला र ९ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाका ८ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका महिला र पुरुष ३/३ जना, तेमाल गाउँपालिकाका २ जना पुरुष र रोशी गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।
योसँगै जिल्लामा संक्रमितको संख्या १५ सय १८ पुगेको छ । जसमा ४८ जना अस्पतालको आईसोलेसनमा र १४ सय ७० जना कोरोना संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

Post Views:
424
No Result
View All Result
error: Content is protected !!
Facebook Comments