धुलिखेल २९ बैशाख: काभ्रे प्रहरीले निषेधाज्ञाको बेला पनि प्रेसर हर्न बजाएर गुड्ने सवारी साधनलाई कारबाही गरेको छ । आफुखुसी पेसर हर्न जडान गरी राजमार्ज, सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने सवारी साधनलाई कारबाही तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बैशाख२४ गते देखि कारबाही चलाएको हो । यो अवधिमा १९४ वटा टिपरको प्रेसर हर्न निकालिएको छ । ओभरलोड बोक्ने १५९ वटा टिपरलाई कारबाही गरिएको छ ।
त्यस्तै डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुसँग बादबिवाद तथा कानुन कार्यान्वयनमा बाँधा पुर्याउन खोज्ने ६ जना टिपर चालकहरुलाई कानुन बमोजिम पक्राउ गरी कानुनी दायरामा ल्याईएको छ । सवारी ईजाजत अनुमती पत्र साथमा नभएको २५ मा टिपरवटा यो अवधिमा ४३ हजार ५ सय रकम संकलन भएको छ ।
ओभरलोड बोक्ने ३९ टिपरबाट ५८ हजार राजस्व संकलन भएको छ । त्यस्तै सिटबेल्ट र हेल्मेट प्रयोग नगर्ने ३८ वटा सवारी साधनलाई कारबाही गर्दा १७ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यसैगरी कागजपत्र साथमा नभएको ५६ सवारी साधनबाट ८० हजार, सवारी चालक अनुमती पत्र साथमा नभएका ४८ वटा सवारी साधनलाई कारबाही गर्दा ५५ हजार रूपियाँ रमक संकलन भएको छ । सवारीको अवस्था ठिक नभएका २८ सवारीबाट ३२ हजार, छतमा लगेज १२ राखेका सवारी साधनबाट १२ हजार ५ सय, प्रयोजन बिपरित काम गर्ने ६ सवारी साधनबाट ६ हजार, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ३५ वाट सवारी साधनबाट ४३ हजार ५ सय र अन्य विविध नियम उल्लङ्घन गर्ने ७१ वाट सवारी साधनबाट ८५ हजार ५ सय संकलन भएको छ ।
प्रहरीका अनुसार ३५२ सवारी साधनलाई कारबाही गर्दा ३ लाख ६३ हजार ५ सय रूपैयाँ राजश्व संकलन भएको छ ।
Facebook Comments