धुलिखेल २९ बैशाख: काभ्रेको भुम्लु र बेथानचोक गाउँपालिकाले निषेधाज्ञा जारी गरेका छन् । बेथानचोक गाउँपालिकाले जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिए रहेको भन्दै पालिकाले समूह भेला नहुन र जनस्वास्थ्यका सबै मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।
भुम्लु गाउँपालिका आजदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने दोलालघाट सहितका बजार पसल पूर्ण रुपमा बन्द गर्न आग्रह गरेको छ ।
खाद्यान्न पसल भने खोल्ने समय दुबै पालिकाले विहान ७ बजेदेखि ९ बजेसम्म निर्धारण गरेका छन् । भुम्लु गाउँपालिकाले धुलिखेल, बनेपा, काठमाडौंका साथै विदेशबाट आउनेहरूलाई अनिवार्य होम आईसोलेसनमा बस्न भनेको छ ।
Facebook Comments