धुलिखेल, २८ बैशाख: आज मातातिर्थ औँसी । आमाको मुख हेर्ने दिन । आमालाई सम्झने खास दिन पनि । तर दुई वर्ष यता मातातिर्थ औँसी कयौँ आमाहरूको खल्लो भएको छ । कोरोना भाईरस फैलिएसँगै अघिल्लो र यो बर्ष राम्रोसँग मातातिर्थ औँसी मनाउन पाएनन् ।
तर आईसोलेसनमा बसेका आमाहरुलाई मातातिर्थ औँसीको केहि यादलाई भुलाउन पाँचखाल नगरपालिकाका मेयर महेश खरेल आफै कोसेली लिएर आईसोलेसन सेन्टरमै पुग्नुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड गर्दै मेयर खरेल झोला र खाम लिएर आईसोलेसनमा पुग्दा आमा तथा दिदी बहिनीहरुलाई खुशी भएका थिए ।
कोरोना भाईरसको संक्रमणका कारण कयौँ आमाहरूले ज्यान गुम्ईसक्नु भएको छ । हजारौंको संख्यामा अस्पताल र होम आईसोलेसनमा आमाहरू हुनुहुन्छ । आजको दिन देश परदेशमा रहेका सन्तानहरू आफ्नो आमा भेट्न घर पुग्ने, मिठो मसिनो खाने अनि दुःख, सुख साटासाट गर्थे ।
तर कोरोना संक्रमणका कारण होम आईसोलेसन वा अस्पतालमा रहेका आमासँग छोराछोरीले आजको दिनमा भेट्न पाएनन् । आमाहरूले छारोछारीले ल्याईदिएको कोसेली सहजै पाउन सक्ने अवस्था रहेन । यस्तो बेला आमाहरूलाई आफ्नो सन्तानले ल्याईदिने कोसेलीको याद त आउने नै भयो ।
मेयर खरेलले नगरपालिकाले बनाएको आईसोलेसन र होम आईसोलेसनमा बसेका महिला दिदी बहिनीलाई आफ्नो ब्यक्तिगत रूपमा २/२ हजार नगर वितरण गर्नुभयो । साथमा मास्क र स्यानिटाजरको झोला । ‘आजको आमा तथा दिदी बहिनीहरुको खास दिन हो, तर परिस्थितिले परिवारसँगै बसेर मनाउन पाईन, मेयर खरेलले भन्नु ‘आईसोलेसनमा एक्लै बस्दा अझ नरमाईलो महशुस हुन्छ भनेर उहाँसँग भेट्न आएको ।’ आमा तथा दिदी बहिनीहरुले कोसेली थापे अनि मेयर खरेललाई टाढैबाट आर्शिवाद दिए ।
मेयर खरेलले आफुले ल्याएको कोसेली मात्रै दिनुभएन संक्रमित आमा दिदी बहिनीहरूलाई आफु र नगरपालिका सधै साथमा रहेको भन्दै नआत्तिन आग्रह समेत गर्नुभयो । ‘अहिलेलाई पुग्ने अक्सिजनको हामीले ब्यवस्थापन गरेका छौ, थप सिलिण्डर एकदुई दिनभित्रै ल्याउँछौ, मन दरिलो पार्नुहोस्, हामी सधै तपाईहरूकै साथमा छौ, मेयर खरेलले भन्नुभयो ।’
मेयर खरेलले आज आफ्नो ब्यक्तिगत रकमबाट आईसोलेसनमा बसेका २६ जना आमा तथा दिदी बहिनीहरुलाई कोसेली दिनुभएको हो ।
Facebook Comments