धुलिखेल, २८ बैशाख: काभ्रेको पाँचखाल नगरपालिकाले कोरोना संक्रमितलाई उपचार खर्च दिने भएको छ । नगरपालिकाभित्रका अति विपन्न नागरिकलाई १० हजारका दरले रकम उपलब्ध गराउने मेयर महेश खरेलले जनाकारी दिनुभयो ।
यस्तो रकम पाउन सम्बन्धित ब्यक्तिले सिफारिस नगरपालिकामा बुझाउनु पर्ने छ । त्यस्तै कोरोना संक्रमित अस्पतालमा उपचार गरेको कागजपत्र पनि बुझाउनु पर्ने मेयर खरेलले बताउनुभयो ।
पाँचखाल नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । आर्थिक रूपमा विपन्न कोरोना संक्रमितलाई नगरपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको मेयर खरेलको भनाई छ ।
Facebook Comments