२७ बैशाख, धुलिखेल: धुलिखेल नगरपालिकाले ५० बेड क्षमताको सुविधा युक्त आईसोलेसन सञ्चालनमा ल्याएको छ । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठका अनुसार आजबाट आईसोलेसन सञ्चालनमा ल्याईएको हो । सञ्जीवनी माध्यामिक विद्यालयमा सञ्चालन गरिएको आईसोलेसनको आज जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेको टोलीले अनुगमन समेत गरेको छ ।
नगरप्रमुख श्रेष्ठले तत्काललाई ५० बेड क्षमताको आईसोलेसन सञ्चालन गरेको पनि आवश्यकताको आधारमा थप ५० बेड पछि थप्ने जानकारी दिनुभयो । धुलिखेलमा पनि कोरोना भाइरसको दोस्रो लहलहरबाट संक्रमण हुनेको संख्या निकै बढेको छ ।
आईसोलेसनमा अक्सिजनको ब्यवस्था गरिएको छ । त्यस्तै डाक्टर र नर्स सहितको चिकित्सक सुविधा उपलब्ध गराइनेछ । कोरोना संक्रमित र अन्य बिरामीलाई समेत नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिँदै आईरहेको छ ।
यसै बीच नगरपालिकाले २ हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ । धुलिखेल अस्पतालसँगको समन्वयमा २ हजार धुलिखेल नगरबासीको नि:शुल्क पीसीआर परीक्षण गरिने नगरप्रमुख ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो । यो समुदाय स्तरमा परीक्षण गरिनेछ ।
Facebook Comments