२७ बैशाख, धुलिखेल: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन काभ्रेले जिल्ला प्रहरी कार्यालय काभ्रे र नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रहरी र पत्रकार महासंघलाई आज पार्टी सचिव दिपक गौतमले नेतृत्व गरेको टोलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
अनेरास्ववियुले प्रहरीलाई २ सय थान स्यानिटाजर, ७५० सय पिस मेडिकल मास्क, २ सय पिस फेसशिल्ड र १० थान स्टीमर हस्तान्तरण गरेको अध्यक्ष बदन भण्डारीले जानकारी दिनुभयो ।
विद्यार्थीहरूले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझिलिदै जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले सबैको सहयोगले नै कोरोना संक्रमण नियन्त्रण गर्न मद्दत पुग्ने बताउनुभयो । डिएसपी खतिवडाका अनुसार जिल्ला भर १३ जना प्रहरी संक्रमित भैसकेका छन् । प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला पार्टी सचिव गौतमले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो ।
त्यसैगरि आजै पत्रकार महासंघ काभ्रेलाई पनि १ सय थान स्यानिटाजर, ७५० पिस मास्क, ५० पिस फेसशिल्ड र १० पिस स्टीमर हस्तान्तरण गरिएको अनेरास्ववियुका उपाध्यक्ष मन्दिरा तिमल्सिनाले बताउनुभयो । त्यसैगरि पत्रकार महासंघको कोरोना जोखिम कोषमा १५ हजार रूपियाँ जम्मा गर्ने गरी अनेरास्ववियुले अध्यक्ष बद्रीराज तिमल्सिनालाई हस्तान्तरण गरेको छ ।
अनेरास्ववियुले बिभिन्न ब्यक्तिहरू संकलन गरेर वितरण गरेको स्वास्थ्य सामग्रीले कोरोना भाईरसको दोस्रो लहरबाट जोगिन सहयोग पुग्ने युवा संघका केन्द्रीय सचिव भेषराज शाहले बताउनुभयो । ‘यो महामारीको समयमा आफु पनि जोखिने र अरूलाई पनि जोगाउन विद्यार्थीहरूले थालेको अभियान हो, सचिव शाहले भन्नु भयो ‘यो अभियान जारी रहन्छ, युवा संघले पनि यस्ता खालका अभियान चलाउन सहयोग गर्छ ।’
अनेरास्ववियुले हिजो अरनिको राजमार्ग अन्तर्गत साँगा देखि धुलिखेलसम्म ड्यूटीमा खटिएका प्रहरीलाई स्यानिटाजर र मास्क वितरण गरेको थियो । ‘हामीले कोरोना भाईरसको नियन्त्रणका लागि सबै भन्दा जोखिममा रहेर काम गर्ने बर्गलाई लक्षित गरेर स्वास्थ्य सामग्री वितरण सुरू गरेका हौ, अध्यक्ष भण्डारीले भन्नुभयो ‘स्थानीय तहहरूले सञ्चालन गरेका आईसोलेसन सेन्टरहरूलाई पनि सहयोग पुर्याउन गरी काम गरिरहेका छौँ ।’
Facebook Comments