२७ बैशाख, धुलिखेल: जिल्ला प्रशासन कार्यालय काभ्रेले अक्सिजनको सिलिण्डर घर र उद्योगमा नराख्न सबैलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनवारले आज एक सूचना मार्फत यस्तो आग्रह गर्नुभएको हो ।
प्रशासनले अस्पतालहरूमा कोरोना संक्रमितको उपचार गर्न अक्सिजनको अभाव भैरहेको भन्दै खाली र भरिएका सिलिण्डर बुझाउन भनिएको छ । प्रशासनले जुन कम्पनीबाट अक्सिजन लिएको हो त्यहि कम्पनीलाई बुझाउन भनेको हो ।
Facebook Comments