२६ बैशाख, धुलिखेल: जिल्ला प्रशासन कार्यालय काभ्रेले जेठ २ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । यस अघि पहिलो पटक जारी गरेको निषेधाज्ञा आजै राति १२ बजेसम्म थियो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले आज निषेधाज्ञा थप्नु भएको हो ।
निषेधाज्ञामा तरकारी, दुध, पानी ट्याङ्कर, तेल, एम्बुलेन्स, सेना, प्रहरीको गाडी सहित जरूरी पाए लिएका सवारी साधन मात्रै गुड्न पाउनेछन् । अन्य सार्वजनिक यातायातका साधन चल्न पाउने छैनन् ।
घर बाहिर हिडडुल गर्न पाइने छैन् । कलकारखाना, विद्यालय पूर्ण रुपमा बन्द हुनेछ । बैंक तथा वित्तीय संस्था आंशिक खुल्ने छन् ।
भेला, बैठक, सभा, सम्मेलन गर्न पाईने छैन । पार्टी प्यालेस, जिमखाना, ब्यूटी पार्लर, शैलुन, मनोरञ्जन स्थलहरू बन्द हुनेछ । औषधी, तरकारी, खाद्यान्न पसल भने जनस्वास्थ्यको पूर्वपालना गरेर खुल्नेछ ।
Facebook Comments