२६ बैशाख, धुलिखेल: काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँर र उपाध्यक्ष कल्पना श्रेष्ठले प्रयोग गर्दै आएको गाडी अब कोरोना संक्रमित बोक्न प्रतिबन्ध प्रयोग हुने भएको छ ।
उपाध्यक्ष श्रेष्ठले दुबै गाडी कोरोना संक्रमित बोक्न दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै यस्तो लेख्नु भएको छ ‘दुःख परेकाे मानिस लाई सहानाभुति हाेइन सहयाेगकाे आवश्यकता पर्छ । त्यसैले सबैले सहयाेग गराै, काहि कतै आवश्यक भयाे भने भुम्लु गाउँपालिकाकाे दुबै गाडी बिरामीहरूकाे लागि हस्पिटल लानु ल्याउनु पर्याे भने सम्पर्कगर्नु हाे सम्पर्क नम्बर 9841648772’
उपाध्यक्ष श्रेष्ठका अनुसार पालिकामा अहिले ३ वटा एम्बुलेन्स छन् । कोरोना संक्रमितको संख्या पनि पालिका भित्र बढिरहेको छ । यस्तो अवस्थामा अस्पताल लैजान सवारी साधनको अभाव कसैलाई नहोस् भनेर अध्यक्ष र उपाध्यक्षको गाडी बिरामी बोक्ने प्रयोगमा ल्याइएको हो ।
Facebook Comments