२५ बैशाख, धुलिखेल: काभ्रेको चौरीदेराली गाउँपालिकाले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले काभ्रेले जारी गरेको निषेधाज्ञा खासगरी सहरी क्षेत्र र राजमार्ग केन्द्रीत जारी छ । तर आज बसेको गाउँ कार्यपालिकाको बैठकले आफ्नो क्षेत्रमा छुट्टै निषेधाज्ञा जारी गरेको हो ।
पालिकाले सबै वडामा कोरोना भाईरसको दोस्रो लहर फैलिए भन्दै अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । आदेश अनुसार औषधी र भेटेरेनरी बाहेक होटल बन्द हुनेछ । बजार खोल्न पाईनेछ छैन ।
खाद्यान्न पसल भने दिउँसो ४ बजदेखि ६ बजेसम्म खोल्न पाईनेछ । मानिस जमघट हुने विवाह, प्रवतबन्ध, भोजभतेर, राजनीतिक दलका कार्यक्रम र सामुहिक खेलकुदका गतिविधि गर्न पाईने छैन ।
पालिकाका अध्यक्ष दिनानाथ गौतमले जारी गरेको निषेधाज्ञामा काठमाडौँ लगायतका ठाउँबाट आएका सबै होम क्वारेन्टाइन अनिर्वाय बस्नु पर्ने छ । स्वास्थ्य, सुरक्षा, सरकारी र खाद्यान्न ढुवानी बाहेका सबै सवारी साधन पुर्ण रुपमा बन्द हुनेछ ।
Facebook Comments