Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाज, स्वास्थ्य
धुलिखेल नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सेवा
Spread the love
    

२३ बैशाख, धुलिखेलः धुलिखेल नगरपालिकाले आफ्नो नगरबासीलाई नि:शुल्क एम्बुलेन्स सञ्चालनमा  ल्याएको छ । कारोना संक्रमित र अन्य बिरामीलाई अस्पतालसम्म लैजान नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिईरहेको मेयर अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले धुलिखेल नगरपालिकासँग दुई वटा एम्बुलेन्स छन् । केहिदिन अघि मात्रै भारतिय दुताबासले सुविधा युक्त एम्बुलेन्स सहयोग गरेपछि धुलिखेल नगरपालिकासँग दुई वटा एम्बुलेन्स भएको हो । नगरप्रमुख ब्याञ्जुका अनुसार पहिलेको एम्बुलेन्सलाई कोरोना संक्रमित बोक्न र नयाँ एम्बुलेन्स कोरोना संक्रमित बाहेकका बिरामी बोक्न छुट्याईएको छ ।

दुबै एम्बुलेन्सले निःशुल्क सेवा दिने मेयर ब्याञ्जुले बताउनुभयो । नगरपालिकाले कोरोना संक्रमित र आईसोलेसन ब्यवस्थापनमा काम गर्ने एक करोड रुपैयाँको कोष समेत स्थापना गरेको छ । ‘ हामी अहिले निकै जटिल परिस्थितिसँग जुधिरहेका छौ, यो परिस्थितिमा नगरबासीलाई कसरी सजिलोसँग सेवा दिने भन्ने विविध पक्षमा काम गरिरहेका छौ, मेयर ब्याञ्जुले भन्नुभयो ‘त्यसै अन्तर्गत नगरपालिकाले नगरबासीका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिईरहेको छ ।’

नगरपालिकाले एम्बुलेन्स सेवा सहजीकरणका लागि निश्चित ब्यक्ति समेत तोकेको छ । नगरपालिकाको जुनसुकै ठाउँमा एम्बुलेन्स चाहिँ ९८४१५४३९९० र ९८४१००५१५३ मा फोन गर्न सकिने ब्यवस्था मिलाईएको मेयर ब्याञ्जुले बताउनुभयो ।

नगरपालिकाले आईसोलेसन सञ्चालन गर्ने विषयमा समेत छलफल अघि बढाईसकेको छ । अक्सिजन सहितको ५० बेड क्षमतासम्मको आईसोलेसन सञ्चालन ल्याईने मेयर ब्याञ्जुले जानकारी दिनुभयो ।

Post Views: 332

Spread the love
    

Facebook Comments

Next Post
चौरीदेराली गाउँपालिकाको मुलबेसी बगरमा धानको पनि बीउ उत्पादन गरिने

चौरीदेराली गाउँपालिकाको मुलबेसी बगरमा धानको पनि बीउ उत्पादन गरिने

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १६५ जना संक्रमित थपिए, २२ जना निको भए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!