२२ बैशाख, धुलिखेल: तपाई धुलिखेल नगरपालिका भित्र बस्नु हुन्छ ? अनि स्वास्थ्यमा समस्या आएर समाधान नपाई कहाँ जाने र के गर्ने भनेर आत्तिरहनु भएको त छैन् ? अब नआत्तिनुहोस धुलिखेल नगरपालिकाले तपाईकै सजिलोका लागि ५ वटा नम्बर सार्वजनिक गरेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले सार्वजनिक गर्नु भएको नम्बरमा तपाईले घरैबाट आफ्नो स्वास्थ्यमा देखा परेको समस्या बताउन सक्नु हुनेछ । घरको आईसोलेसनमा बस्दा स्वास्थ्यमा कुनै समस्या देखियो भने ९८४१५४३९९० र ९८५१०१८५८९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
त्यस्तै तपाई कोरोना संक्रमण हुनुभयो र तपाईको सम्पर्कमा आएका पनि स्वाब परीक्षण गराउनु परे (सिआईसीटि) टिमको ९८५१०४२४२४ मा सम्पर्क गर्न सक्नु हुनेछ । अनि तपाईलाई एम्बुलेन्स सेवा चाहिँएको छ भने ९८४१५४३९९० र ९८४१००५१५३ मा फोन गरेर आवश्यक सल्लाह र सुविधा लिन सकिने स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले बताउनुभयो ।
Facebook Comments