२२ बैशाख, धुलिखेल: सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका आईसोलेसन सुरूको छ । पालिकाले १० बेड क्षमताको आईसोलेसन डाँडापाखरमा सञ्चालन गरेको उपाध्यक्ष हेम गंगा मोक्तानले जानकारी दिनुभयो ।
आईसोलेसनमा अक्सिजनको समेत ब्यवस्था गरिएको छ । लिसंखुपाखर गाउँपालिकाका कोहि पनि स्थानीयलाई काेराेना पाेजिटिभ देखिए, श्वासप्रश्वासमा सोहि आईसोलेसनमा राखिनेछ । आईसोलेसनमा स्वास्थ्यकर्मी समेत ब्यवस्था गरिएको छ ।
पालिकाले शरीरमा कोरोना भाईरससँग मिल्दो जुल्दो कुनै लक्षण देखिए ९८४३५४५७४६ र ९८५१०९०६६२ नम्बरमा तत्काल सम्पर्क गरी आवश्यक सरसल्लाह लिन सक्ने व्यवस्था मिलाएको उपाध्यक्ष मोक्तानले बताउनुभयो । पालिकाले आफ्ना नागरिकलाई काेराेना भाईरसबाट अपनाउनु पर्ने जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड कडाईका साथ लागू गर्न पनि भनेको छ । पालिकाले कोरोना संक्रमित आफ्ना नागरिकको उपचार गर्ने विषयमा खाडीचौरमा रहेको सिन्धु सदावहार अस्पतालसँग छलफल समेत गरिरहेको छ ।
सेवा ग्राहिको भिड बढ्ने र कोरोना भाईरस फैलिन सक्ने भन्दै पालिकाले कर्मचारीको समेत आलोपालो ब्यवस्था गरेर काम गर्ने निर्णय गरेको छ । त्यस्तै वडा कार्यालयहरूलाई पनि संक्रमणको अवस्था हेरेर निर्णय लिन पालिकाले भनेको छ ।
Facebook Comments