२२ बैशाख, धुलिखेल: भुम्लु गाउँपालिका वडा नम्बर १ उर्लेनीमा सामुहिक बेसार खेती सुरू गरेका छन् । गाउँपालिकाको कृषि शाखाको सहयोगमा मसला बाली कृषि कार्यक्रम अन्तर्गत सापिङ्गको उर्लेनी मुलर्खक कृषक समुहले सामुहिक रुपमा बेसार खेती सुरु गरिएको हो ।
गाउँपालिकाले सामूहिक बेसार खेतीका लागिउर्लेनि मुलर्खक कृषक समुहका कृषक समूहको लागि २ सय केजी निःशुल्क उपलब्ध गराएको छ । पालिकाले यो बर्ष बेसार मुल बीउको रूपमा उपलब्ध हो । पाँच रोपनी क्षेत्रफल जमिनमा रोपिनेछ । व्यवसायिक रुपमा नै बेसारको बीउ उत्पादन गरेर आगामी वर्षमा अन्य वडामा पनि वितरण गरिने समूहका अध्यक्ष टिका बहादुर जिसीले बताउनुभयो ।
Facebook Comments