२१ बैशाख, धुलिखेल: धुलिखेल नगरपालिकाले वडा नम्बर ७ मा रहेको हरिसिद्धि आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द गरेको छ । स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार स्वास्थ्य सेवा केन्द्र बैशाख ३० गतेसम्म बन्द रहनेछ । कोरोना भाईरसको दोस्रो लहर शुरू भएयता धुलिखेल नगरपालिका भित्र बिभिन्न स्वास्थ्यसंस्थाका २ जना नर्स र १ जना कार्यालय सहयोगी संक्रमित भएका छन् ।
धुलिखेलमा पनि कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिए रहेको छ ।
Facebook Comments