२० बैशाख, धुलिखेल: जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा जारी गरिएका ठाउँमा खाद्यान्न ङ
पसल खोल्ने समय तोकेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले आज एक सूचना जारी गर्दै पसल खोल्ने समय तोक्नु भएको हो ।
तोकिएको समय अनुसार विहान ६ बजेदेखि ११ सम्म मात्रै पसल खोल्न पाईनेछ । त्यसैगरि साँझ ५ बजेदेखि साढे सात बजेसम्म मात्रै पसल खोल्न पाईनेछ । यो नियम निषेधाज्ञा जारी गरिएका सबै ठाउँमा लागू हुनेछ । निर्धारित समयमा खाद्यान्न र अति आवश्यक सेनाभित्र पर्ने पसल मात्रै खोल्न पाईनेछ ।
जिल्लामा गएराति देखि निषेधाज्ञा लागु भएको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, जिमखाना, ब्यूटी पार्लर भने यो समयमा पनि खोल्न पाईने छैन् । खाद्यान्न, तरकारी, डेरी, मासु पसल खोल्न पाईनेछ । यसरी पसल खोल्दा जनस्वास्थ्यका मापदण्ड भने कडाइका साथ लागू गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।
Facebook Comments