१९ बैशाख, धुलिखेल: बनेपा नगरपालिकाका डाक्टर शिषिर बञ्जाराले जिम्मेवारीबाट राजीना दिएको घोषणा गर्नु भएको छ । आफु बिरामी हुँदा समेत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले दबाब दिएको र तलब भत्ता समेत नपाएको बताउनुभयो छ ।
डाक्टर बञ्जाराल सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा समेत दिएको घोषणा गर्नु भएको छ ।डाक्टर बञ्जारा फेसबुकमा लेख्नुभएको छ ‘Doctor भनेको तेस्तो post होइन जसलाई जहाँ मन लाग्छ Use गर !! 24 hour मेरो नम्बर धिएर मलाई बिरामी हुदा समेत प्रमुख प्रसासकिए अधिकृत बाट दबाब दियेअको छ !!
Isolation भन्दा पनि बनेपा मा ICU को जरुरत छ !!
एही Status मार्फत म बनेपा नगरपालिका बाट राजिनामा देको जानकारी सपै लाई गराउन चाहन्छु !!!
यो संग सम्बंदित अरु कुरा पछि सार्वजनिक गर्ने छु!
हेरुम अर्को पटक कसरि vote माग्न औछन, चैत देखि मलाई Kabiraj Upreti ले तलब र वत्ता देको छैन 😔
धन्येबाद ।’
प्रमुख प्रशासकिय अधिकृत उप्रेतीले भने आफुले डाक्टर बञ्जारालाई कहिल्यै दबाब नदिएको दाबी गर्नुभयो । तलब भत्ता पनि नरोकिएको बताउनुभयो । डाक्टर बञ्जारा, एक जना ल्याब टेक्निसियन र एक जना एम्बुलेन्स चालकलाई नगरपालिकाले कोरोना भाईरसको पहिलो चरणको संक्रमण फैलिएको बेला गएको भदौ महिनामा नियुक्त गरेको थियो ।
Facebook Comments