१९ बैशाख, धुलिखेल: काभ्रेको नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनालाई पितृ शोक परेको छ । मेयर तिमल्सिनाका पिता इन्द्र प्रसाद तिमल्सिनाको आज निधन भएको हो ।
८७ बर्षीय इन्द्र प्रसाद तिमल्सिनाको आफ्नै घरमा निधन भएको वडा नम्बर २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता सञ्जिव ढकालले जानकारी दिनुभयो ।
मृतक इन्द्र प्रसाद तिमल्सिनाको आजै जगबैजेश्वर त्रिबेणीघाटमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।
Facebook Comments