१९ बैशाख, धुलिखेल: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२, गिरान्चाैरमा शहरी स्वास्थ्य क्लिनिक भवन निर्माण हुने भएको छ । शहरी स्वास्थ्य क्लिनिकको आज नगरप्रमुख डम्बर अर्यालले शिलान्यास गर्नु भएको हो ।
५० लाख लागतमा शहरी स्वास्थ्य क्लिनिकको भवन निर्माण हुने छ । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले शहरी स्वास्थ्य क्लिनिक निर्माण भएपछि गिरान्चोक आसपासका नागरिकलाई स्वास्थ्य सेवा लिन सजिलो हुने भन्दै कोरोना भाईसकेको संक्रमणबाट जोगिन जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
Facebook Comments