ठोकर्पाको थामडाँडा गज्जबको भ्यू टाव
१८ बैशाख, धुलिखेल: सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा ठोकर्पाको थामडाँडा भ्यू टावर निर्माण गरिएको छ । शनिबार देखि उक्त भ्यूटावर सर्वसाधारणका खुल्ला समेत गरिएको छ ।
भ्यू टावरको उद्घघाटन पूर्व सूचना तथा सञ्चार मन्त्री,नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख मोहन बहादुर बस्नेत गर्नुभयो हो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष श्रवण कुमार जिसीले ठोकर्पा थामडाँडा भ्यु-टावर ऐतिहासिक भएको र यसले ठोकर्पाको गौरब बढाएको बताउनुभयो । “ठाेकर्पाकाे पहिचान, पूर्वाधारको अभियान” भन्ने नारालाई आत्मसात् गर्दै ठाेकर्पा भ्युटावर सर्वसाधारण सबैका लागि गरिएको समेत अध्यक्ष जिसीले बताउनुभयो ।
भ्यूटावर निर्माणमा १ करोड २५ लाख रूपैयाँ खर्च भइसकेको बताइएको छ ।
Facebook Comments