१८ बैशाख, धुलिखेल: पनौती नगरपालिका वडा नम्बर १० खोपासीमा १० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै यसअघि कोरोना संक्रमितको सम्पर्कमा आएका ब्यक्ति हुन ।
पालिकाको स्वास्थ्य शाखाले हिजो १४ जनाको स्वाब संकलन गरिएको थियो । ५ जना पुरुष र ५ जना महिला गरि जम्मा १० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै वडा नम्बर १० मात्रै संक्रमितको संख्या ३७ पुगेको छ ।
नगरपालिकाले खोपासी क्षेत्रलाई शिल गरेको छ । कन्ट्रयाक्ट ट्रेसिङको काम नसकिदासम्म घर बाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ । खोपासीमा बिहे भोजमा सहभागी एकजनामा देखिएको संक्रमण अत्यासित ढंकले फैलिरहेको छ ।
जिल्लामा कोरोना भाईरसको संक्रिय संक्रमितको संख्या दैनिक बढी रहेको छ । तर बजार कलकारखाना निर्वाध ढंगले चलिरहेका छन् । अरनिको र बीपी राजमार्ग यातायातका साधन पनि चलि नै रहेको छ ।
Facebook Comments