१७ बैशाख, धुलिखेलः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ तामाघाटमा एक किराना पसलमा आगलागी भएको छ । गएराति दयाराम कोइरालाले सञ्चालन गरेको किराना तथा फलफुल पसलमा आगलागी भएको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।
आगलागी हुदाँ पसलमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । विद्यूत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट करिब १५ लाख बराबरको धनमाल जलेको छ ।
आगो सशस्त्र प्रहरीको १५ नम्बर बाहिनी, नेपाल प्रहरी, स्थानीय र जनप्रतिनिधिले समयमै नियन्त्रणमा लिएका कारण थप ठूलो क्षति हुनबाट जोगिएको वडाध्य लामाले बताउनुभयो ।
Facebook Comments