१७ बैशाख, धुलिखेलः काभ्रेको पनौती नगरपालिका कोरोना भाइरसको संक्रमणबाट नराम्रोसँग प्रभावित बनेको छ । कोरोना भाइरसको दोस्रो लहर पनौतीमा ब्यापक बनेको हो । हिजो स्वाब परीक्षण गरिएको १० जनाको स्वाब गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ सक्रमितमा वडा नम्बर ३ मा पुरुष ३ जना र महिला ३ जना, वडा नम्बर ८ का २ जना महिला र वडा नम्बर ९ का १ जना पुरुष छन् । पनौती वडा नम्बर १० खोपासी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ ।
खोपासीको एउटा विहेभोजमा सहभागि एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रसिङ गर्ने क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सोहि विवाह भोजमा सहभागि कोरोना संक्रमित ५८ बर्षीय महिलाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु समेत भइसकेको छ ।
नगरपालिकाले खोपासी क्षेत्रलाई शिल गरिसकेको छ । आज थप कन्ट्याक्ट ट्रसिङको काम हुने स्वास्थ्य शाखाले जनाएको छ ।
Facebook Comments