१६ बैशाख, धुलिखेलः कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पनौती नगरपालिकाले खाेपासी क्षेत्र शिल गरेको छ । वडा नम्बर १० खोपासी मात्रै २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त क्षेत्रलाइ शिल गर्ने निर्णय गरेको हो ।
खाेपासीमा काेराेना संक्रमण विवाह भाेजमा सहभागिबाट फैलिएकाे बुझिएकाे छ । खाेपासीकै ५८ बर्षीय एक काेराेना संक्रमित महिलाकाे समेत काेराेना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएकाे छ । मृतक महिला पनि विवाह भाेजमै सहभागि भएकाे बताइएकाे छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद वाग्लेका अनुसार पूर्व तर्फ पावर हाउसको पुल, पश्चिम तर्फ किटनी फट्केश्वर रोशीखोला पुल, उत्तर तर्फ कृषि सेवा केद्रसँगैको गोगुनाल खोल्सा र दक्षिण तर्फ कपुरपानिडोल शिल गरिएको हो ।
नगरपालिकाले शिल गरिएको क्षेत्रमा हिड्ल नगर्न समेत आग्रह गरेको छ । कन्ट्याक्ट ट्रेसिङको काम नसकिदाँ सम्म हिड्ल नगर्न नगरपालिकाले भनेको हो । आज दिउँसो मात्रै जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेको बैठकले संक्रमितको अवस्था हेरेर स्थानीय तहले निषेधाज्ञा तथा शिल गर्न सक्ने निर्णय गरेको थियो ।
नगरपालिकाले शिल गरिएको चौहद्दी क्षेत्रभित्रका तरकारी तथा फलफुल खाद्यान्न पसल विहान ७ देखि ९ सम्म मात्रै खुल्ला गर्न र स्वास्थ्यको सम्पूर्ण मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको छ । औषधि पसललाई यो नियम लागु हुने छैन । तर स्वास्थ्य संवेदनशिलताका मापदण्ड भने पुरा गर्नुपर्ने । शिल गरिएका क्षेत्र हुदैँ चल्ने सार्वजनिक यातायातले उक्त क्षेत्रमा गाडी रोक्न र यात्रु चढाउन पाउने छैनन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरूकाे स्वाब संकलनका लागि नगरपालिकाले स्वास्थ्य कर्मी परिचालन गरिसकेकाे छ । आज पनि स्वाब संकलनका काम भइरहेको छ । १४ र १५ गते ४३ जनाको स्वाब संकलन गरिएको र त्यसमा १७ जना महिला र १० जना पुरूष गरी २७ जनामा कोरोना भाइरस पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
Facebook Comments