१५ बैशाख, धुलिखेलः नेकपा एमालेको (माधव) समूहले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कमिटी गठन गरेको छ । आज विस्तारित बैठक राखेर माधव समूहले कमिटीलाई पूर्णता दिएको हो ।
विस्तारित बैठकले गोकुल गौतमलाई नगर कमिटीको संयोजकको जिम्मेवारी तोकेको छ । सचिवमा माधव न्यौपाने, उपाध्यक्षमा सत्यसिंह तामाङ र उपसचिवमा नारायण ढकाल सहितको ९९ जिल्ला कमिटी गठन गरेको हो ।
विस्तारित बैठकले वडा इन्चार्ज र वडाध्य समेत तोकेको छ । वडा नम्बर १ को इन्चार्जमा जोग बहादुर तामाङ र अध्यक्षमा पिताम्बर ढकाल छन् । वडा नम्बर ४ को इन्चार्ज मैतेसिं तामाङ र अध्यक्ष राजन पराजुली, वडा नम्बर ५ रोहिणी ढकाल इन्चार्ज र राजन ढकाल (देवी) अध्यक्षमा चयन हुनुभएको छ ।
त्यस्तै वडा नम्बर ६ को इन्चार्जमा जगतबहादुर श्रेष्ठ, अध्यक्ष हुतराज न्यौपाने, वडा नम्बर ७ को इन्चार्ज रामप्रसाद श्रेष्ठ र अध्यक्षमा बलराम सापकोटा, वडा नम्बर ८ को इन्चार्ज रमेश ढुंगाना र अध्यक्ष विकास कुमार राई, वडा नम्बर ९ को इन्चार्ज आत्माराम नेपाल र अध्यक्ष रमेश क्षेत्री, वडा नम्बर १० को इन्चार्ज बद्रीप्रसाद नेपाल र अध्यक्ष तुलबहादुर तामाङ, वडा नम्बर ११ को इन्चार्ज माधव ढकाल र अध्यक्षमा गिरी बहादुर खड्का (नकुल), वडा नम्बर १२ को इन्चार्ज दामोदर ठकुरी र अध्यक्षमा विष्णुप्रसाद पराजुलीलाई जिम्मेवारी तोकिएको छ ।
वडा नम्बर २ र ३ को भने इन्जार्च तोकिएको छैन । वडा नम्बर ३ को अध्यक्षमा शिवप्रसाद चाैगालाई चयन हुनुभएको छ ।
विस्तारित बैठकलाई जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाइबा, बागमती प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई लगायतका नेताले सम्बोधन गर्नुभएको थियो
Facebook Comments