१५ बैशाख, धुलिखेलः धुलिखेल नगरपालिकाका एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । आज साझँ धुलिखेल अस्पतालामा उपचारक्रममा निधन भएको हो ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले ८२ बर्षीय पुरुषको निधन भएको पुष्टि गर्नुभयो ।
धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिपका अनुसार स्वास्थ्यमा समस्या आएपछि आज विहान मात्रै पुरुषलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्ने क्रममा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने ती पुरुष सम्भवतः पहिलो हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
धुलिखेल अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डाक्टर सानु श्रेष्ठका अनुसार ती पुरुषमा अस्पताल ल्याउँदा नै गम्भीर खालको निमोनिया र प्रेसरको समस्या थियो । आकस्मिक कक्षको उपचारपछि आइसियूमा लैजाने तयारी गर्दा गर्दा निधन भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
Facebook Comments