१४ बैशाख, धुलिखेलः आप्रवासी कामदार हकहित संरक्षण मञ्च्र काभ्रेको अध्यक्षमा राेशी गाउँपालिका वडा नम्बर ६ सिपालीका जीवन कुमार मैनाली चयन हुनुभएको छ । धुलिखेलमा भएको भेलाले मैनाली अध्यक्ष रहेको १५ सदस्ययी जिल्ला कार्य समिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा विवेक तिमल्सिना, सचिवमा निलप्रसाद ढकाल र कोषाध्यक्षमा करिस्मा विक चयन हुनुभएको छ । मञ्चका सदस्यहरुमा युवराज न्यौपाने, प्रभुुराम सुवेदी, रेशम पाण्डे, गोपालप्रसाद तिमल्सिना, बुद्धिमान माझी र बासुदेव घोरसाईने रहनुभएको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजना अन्तर्गत गठन गरिएको यो समितिले वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने कुरा, आप्रवासी कामदारको सीप, स्वदेश फर्किएपछिको रोगजारका विषयमा पनि जनचेतना फैलाउने छ ।
Facebook Comments