१४ बैशाख, धुलिखेलः काभ्रे प्रहरीले जिउँदो उल्लु चरा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङ्ग स्थित बीपी राजमार्गबाट उल्लु चरा सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नम्बर २ भिरकोटका ३४ बर्षीय केशर श्रेष्ठ छन् । भकुण्डेबाट हिड्दै धुलिखेल तर्फ आइरहेका श्रेष्ठलाई शंका लागेर प्रहरीले सोधबुझ गरेको थियो । उल्लु संरक्षित चरा भएको र श्रेष्ठले लुकिछिपी लैजान लागेका कारण नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठ र उल्ल चरालाई प्रहरीले डिभिजन वन कार्यालय काभ्रेको जिम्मा लगाएको छ ।
Facebook Comments