१३ बैशाख, धुलिखेल, काभ्रेको चौरीदेउराली गाउँपालिकाले कक्षा कोठाको पठनपाठन तत्काल बन्द गर्न पालिकाभित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । निर्देशन जारी गर्नु अघि आज पालिकाले प्रधानाध्यापकहरुको बोलाएर छलफल गरेको थियो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले एक सुचना जारी गर्दै कोरोना भाइरको संक्रमण फैलिरहेको र विद्यालय सञ्चालन गर्दा अर्को असर पर्ने भएकाले भौतिक उपस्थिति पठनपाठन नगर्न निर्देशन जारी गर्नुभएको हो । पालिकाले वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गर्न भनेको छ । त्यस्तै शिक्षकहरुलाई नियमित रुपमा विद्यालयमा उपस्थित भइ शैक्षिक एवं प्रशासनिक कार्यमा सक्रिय हुन पनि भनिएको छ ।
काभ्रे जिल्लामा पनि कोरोना भाइरस संक्रमण तीब्र गतिमा फैलिरहेको छ । चौरीदेउराली गाउँपालिकामा १ महिला र १ जना पुरुष संक्रमित छन् ।
Facebook Comments