१३ बैशाख, धुलिखेलः जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका ६ वटा नगरपालिकाका सेवाग्राहीका लागि बार तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार आज एक सूचना मार्फत बार तोक्नु भएको हो ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै अर्को सूचना जारी नहुदाँसम्म भोली देखि यो नियम लागु हुनेछ ।
सहायक प्रजिअ सुनुवारका अनुसार धुलिखे, पाँचखाल र पनौती नगरपालिकाका लागि आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा लिन पाउनेछन् । त्यस्तै बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीका लागि सोमबार, बुधबार र शुक्रबार समय तोकिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिनुभयो ।
गाउँपालिकाका हकमा भने हरेक दिन सेवा दिइन्छ । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।
Facebook Comments