१२ बैशाख, धुलिखेलः काभ्रेको पाँचखाल नगरपालिकाले कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको भन्दै प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा पुजापाठ तत्काल बन्द गर्न आग्रह गरेको छ । मेयर महेश खरेलले एक जरुरी सूचना मार्फत यस्तो आग्रह गर्नुभएको हो ।
मेयर खरेलले नगरपालिका स्तरीय विपद् ब्यवस्थापन समितिको बैशाख १० गते बसेको बैठकको निर्णय भन्दै पलाञ्चोक भवगती मन्दिर लगायतका नगरपालिकाभित्र रहेका सबै मठमन्दिरमा नित्य पुजा बाहेकका अन्य कुनै पनि भिडभाड हुने गतिविधि मन्दिर परिसरमा नगर्न आग्रह गर्नुभएको छ।
कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहे पनि पलाञ्चोक भवगती मन्दिरमा दर्शनार्थीहरुको भिड भने कम भएको छैन । एकै ठाउँमा धेरै मानिसको भिड हुदाँ संक्रमण अझ छिट्टै सर्न सक्ने भएकाले नगरपालिकाले अर्को सूचना जारी नहुदाँसम्मलाई तत्काल पुजापाठ नगर्न भनेको हो ।
Facebook Comments