Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

इन्गेजमेन्ट तोड्दा ‘हग’ गरेर छुटेकी थिइन् पुष्पा

मिलिजुली खबर by मिलिजुली खबर
२ महिना अगाडि
in समाचार, समाज
इन्गेजमेन्ट तोड्दा ‘हग’ गरेर छुटेकी थिइन् पुष्पा
Spread the love
    

 

 

काठमाडौँको दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका । नुवाकोट घर भएकी २७ वर्षीया पुष्पा न्यौपाने व्यापारिक घरानामा जन्मिइन् । आर्थिक प्रशासनमा स्नातकोत्तर गरेकी पुष्पालाई केल्मीका लगानीकर्ता उनका काका उत्तम न्यौपानेले उनैको नाममा शोरुम दर्ता गरिदिए । करिअरको सिँढी चढ्दै गरेकी पुष्पाले १८ मङ्सिरमा आफैँलाई जलाउने निर्णय गरिन् ।

 

 

धुम्बाराही स्थित प्रेमी सुधन सङ्ग्रौलाको घरको गेटमा गएर पेट्रोल छर्केर उनले आत्मदाह गरेकी हुन् । पुष्पाले आफैँलाई जलाउने निर्णय गर्नुको कारण हो–‘प्रेमीसँगको सम्बन्धमा आएको खटपट ।’

 

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा परिवारसँग बस्ने पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले मङ्सिर १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे ।

 

प्रेमीले इन्गेजमेन्टको जनै–सुपारी फिर्ता गरेको भोलिपल्ट आफैँलाई आगो लगाएकी पुष्पाको मङ्सिर १९ मा कीर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । मङ्सिर १७ मा दुवैतर्फका परिवार बसेर बुद्धनगर स्थित पुष्पाको घरमा इन्गेजमेन्ट तोडेका हुन् । सँगै जिउने बाचा तोडेको दिन पुष्पाले परिवार साक्षी राखेर सुधनलाई भनिन्–‘हजुरभन्दा राम्रै केटा पाउँछु ।’

 

घरको माथिल्लो तलामा सुधनलाई जवाफ लगाए पनि प्रेमीका परिवार छुट्ने बेला पुष्पा गेटसम्म बिदा गर्न गइन् । उनलाई परिवारका सदस्यले भने–‘सम्बन्ध टुटेपछि बिदाइ गर्न नजाऊ ?’ तर, उनले मानिनन् ।

 

गेटमा सुधनलाई हग गरिन् । भनिन्–‘आवेशमा केही बोलेको हुँला, माफी चाहन्छु ।’ अनि, केटाका परिवार त्यहाँबाट बिदा भए । भोलिपल्ट ५ लिटर पेट्रोल लिएर उनी प्रेमीको घरको गेटमा पुगिन् । करिब आधा जर्किन पेट्रोल खन्याएर आफैँलाई जलाइन् । प्रहरी कन्ट्रोलमा खबर आयो–‘धुम्बराहीमा एकजना मान्छे जलिरहेको छ ।’

 

प्रहरी वृत्त महाराजगञ्जको टोली तत्काल घटनास्थलमा गयो । ‘हाम्रो टोली पुग्दा कपडा जलिसकेको थियो’ प्रहरी वृत्त महाराजगञ्जका एकजना अधिकृत भन्छन्–‘त्यसपछि तत्काल उहाँलाई अस्पताल लग्यौँ ।’

 

सुधनका दाजु मधु सङ्ग्रौलाले पुष्पा जस्तै मानिस जलेको देखेपछि उनको बुवालाई खबर गरेको बताएका छन् । उनी भन्छन्–‘हामीले घरबाट हेर्दा घटनास्थलमा अरू मानिस जम्मा भैसकेका थिए, तत्काल प्रहरी आइपुग्यो ।’

 

त्रिवि शिक्षण अस्पताल हुँदै कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारको क्रममा पुष्पाले ज्यान गुमाइन् ।

 

शङ्काले जलायो ‘लङ्का’

भनिन्छ नि–‘शङ्काले लङ्का डढाउँछ ।’ पुष्पा र सुधनको बीचमा पनि त्यस्तै भएको अनुसन्धानबाट थाहा भएको छ । सुधन करिब ६ वर्ष चीनमा बसेर फर्केका हुन् । महावौद्धमा उनका परिवारले खेलौनाको होलसेल पसल संचालन गरेका छन् । चिनबाट सामान आयात गर्दा दुई परिवारको बीचमा चिनजान र सामिप्यता बढेको थियो । पछि, पुष्पा र सुधनको चिनजान भयो । दरबारमार्ग स्थित केल्मीको सोरुममा जाँदा आउँदा चिनजान भएसँगै उनीहरू नजिकिए ।

 

करिब ६ वर्ष चीनमा बस्दा चिनियाँ प्रेमीका रहेको कुरा सुधनले पुष्पासँग सेयर गरेका थिए । एकदिन पुष्पाको मोबाइलको कभर निकाल्दा मोबाइलबाट एउटा चिट खस्यो । सो चिट पुष्पाका पूर्व प्रेमीले लेखेको चिठी रहेछ । सुधनले त्यतिवेला थाहा पाएका थिए–‘पुष्पा पनि पहिले अफेयरमा थिइन् ।’

 

दुवैजना पुराना सम्बन्ध छाडेर नयाँ नाता गाँस्न तयार भएका थिए । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्–‘दुवैजना पुराना कुरा बिर्सेर अघि बढ्न तयार भए ।’ अनि, परिवारको रोहवरमा इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्ट भएपछि चाहिँ सुधन र पुष्पाले एक अर्कालाई शंका गर्न थाले । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।

 

पुष्पाले सुधनलाई ‘हजुर’ सम्बोधन गर्थिन् । फोन नउठेपछि म्यासेज गर्थिन् । सुधनले फोन रेस्पोन्स नगरेपछि कतिपय बेला दाजु मधुलाई भन्थिन्–‘उहाँको फोन उठेन, म दरबारमार्गमा हामफालेर आत्महत्या गर्छु ।’

 

पुष्पाको त्यस्तो कुरा सुनेपछि मधुले धेरैपटक भाइलाई केल्मीको सोरुममा लिएर जाने गरेको बताएका छन् । सुधन र पुष्पाको विवादबारे दुवैतिरका परिवार जानकार थिए । इन्गेजमेन्ट तोड्ने दिन पुष्पाका काका उत्तमसँग सुधनले भनेका थिए–‘अब मिल्न सक्दैनौँ’ त्यसपछि सम्बन्ध टुट्यो ।

 

सुधनलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुधनबिरुद्ध ‘आत्महत्या दुरुत्साहन’ कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

 

-राताेपाटीबाट

 

Post Views: 72

Spread the love
    

Facebook Comments

Next Post
सरकारमा जाने जनमत पार्टीको निर्णय

सरकारमा जाने जनमत पार्टीको निर्णय

क्यान काभ्रेको अध्यक्षमा न्यौपाने

क्यान काभ्रेको अध्यक्षमा न्यौपाने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!